गठबन्धनको साईनो मिसन ८४ संग जोडिएको छ : पोखरेल

ललित बोहरा
पाटन बैतडी : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले गठबन्धनको साईनो मिसन ८४ संग जोडीएको बताएका छनन् । नेकपा एमाले बैतडीको नवौँ जिल्ला अधिवेशनको उद्घाटनमा उनले यस्तो बताएका हुन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिलेको गठबन्धनको तालमेल अबको चुनाव केन्द्र भएको प्रष्ट परे । बुद्धिजिवीहरुले मिसन ८४ हैन मिसन बाटो, मिसन विकास भर्नुस भने प्रसंगमा उनले बहुमत पाए विकास खोज्नु पर्नेमा जोड दिए । ‘अहिलेको गठबन्धनको तालमेल, के हो अन्त के हो, भने, मिसन ८४ हो ? उनले भने, ‘केही बुद्धिजिवीहरुले मिसन ८४ हैन मिसन बाटो, मिसन विकास भन्नुस भन्नु हुन्छ एकल बहुमत नभए कसरी बिकास गर्ने ।’

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले देशभित्र र बाहिरका केही शक्तिहरुले एमाले सिध्याउने प्रयोजनका लागि बनाएको कांग्रेस नेतृत्वको अपवित्र गठबन्धन टुटाएर नयाँ समीकरण बनाउन आफूहरु सफल भएकाले यसलाई सकारात्मक रुपमा लिएको पनि बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले २०८४ सालको निर्वाचनमा पार्टीलाई एक्लै बहुमतमा पु¥याउने लक्ष्यसहित अघि बढाएको मिसन ८४ जारी रहने र त्यस अभियानलाई सहयोग गर्न सरकार र सत्तारुढ गठबन्धनलाई पनि उपयोगमा ल्याउने पार्टीको योजना रहेको बताए।

उनले नयाँ सत्ता समीकरणमार्फत् मुलुकको बेथितितर्फ गइरहेको राजनीतिलाई सही दिशामा ल्याउन सक्दो कोशिस गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि भ्रष्टाचारविरोधी अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।
नवौँ जिल्ला अधिवेशनको सफलताको सुभकामना व्यक्त गर्दै सकेसम्म सहमतीमै नेतृत्व टुंगाउन सुझाव दिए ।

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.