एमाले बैतडी अधिवेशनको उद्घाटन सत्र सम्पन्न, ८ बजेदेखी बन्द सत्र

बैतडी :

नेकपाएमाले बैतडीको नवौं जिल्ला अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । अहिले ८ बजेबाट बन्द सत्र सुरु हुने जनाएको छ । शोमबार दिउँसो अधिवेशनको पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्दघाटन गरेका छन् ।

अधिवेशनमा जिल्लाभरीका ६ सय ३१ प्रतिनिधि सहभागी रहेका छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । बन्दसत्रमा पार्टीको सांगठनिक अन्य प्रतिवेदनहरु पेश हुने उनले बताए ।

एमालेको नयाँ नेतृत्वका लागि धेरै आकांक्षीहरु रहेका भएपनि सहमतिमै नेतृत्व चयन हुने एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालले बताए ।

अध्यक्ष पदका लागि नरेश विक, नरेन्द्र बिष्ट, लोकेन्द्र भण्डारी, गोविन्द गिरी, हर्क धानुक र हजारी साउँद आकांक्षी रहेका छन् ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.