एमाले बैतडी जिल्ला अधिवेशन : सहमतीमै नेतृत्व चयनका लागि आन्तरिक छलफल जारी

बैतडी : नेकपा एमाले बैतडी जिल्ला अधिवेशनको बन्द सत्र सुरु भएको छैन् । ८ बजे सुरु हुने भनीएको बन्द सत्र अहिलेसम्म सुरु हुन सकेको छैन् । अध्यक्षसहित जिल्ला कमिटीको टिम सहमतीमै चयन गर्ने आन्तरिक छलफल जारी छ ।

अध्यक्ष लगायतका पदमा सहमती गर्ने आकाक्षीसहितको आन्तरिक छलफल जारी रहेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मन्त्री दामोदर भण्डारी, केन्द्रीय सदस्य कर्ण थापासहित पाटनको एक घरमा तीन घण्टाबाट छलफलमा छन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टिम भने बैतडीबाट धनगढी प्रस्थान गरेको छ । यही ३० गते प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेकाले मन्त्री भण्डारीको आज नै धनगढी जाने र भोली काठमाण्डौ जाने कार्यक्रम रोकीएको छ ।

मन्त्री भण्डारी भोली मात्र बैतडीबाट काठमाण्डौ जाने छ । उनले बैतडीमै बस्ने समय थप गरेकाले कार्यकताले भने सहमतीमै अध्यक्ष छनोटमा सकस भएको बुझेका छन् । प्रदेशमा कर्ण थापाको समुहले गृट बनाएको आरोप लगेको थियो भने त्यो गन्ध बैतडीमा पनि देखिएको एक नेताको भनाई छ ।

नरेन्द्र बिष्ट, नरेश कुमार विक, लोकेन्द्र भण्डारी, गोविन्द गिरी, हर्क धानुक र हजारी साउँदले अध्यक्षमा दाबी गरिहेको बुझीएको छ ।
नरेन्द्र बिष्ट वा नरेश कुमार विकको नाम सहमती खोजी भइरहेको बुझीएको छ ।

आगामी निर्वाचन सम्मको नयाँ नेत्तृव चयन हुने भएकाले दामोदर भण्डारी आफुले भनेको मान्ने नेत्तृव ल्याउन चाहान्छ भने सरेन्द्र पाल, लिलाधर भट्ट, चक्र कार्की एक ढिक्का भएर लागेको देखिन्छन् । दोगडाकेदार र डिलासैनी गाउँपालिकाबाट सबै भन्दा बढी २ सय बढी प्रतिनिधी आएका छन् ।

पाल, भट्ट, काक्रीले अध्यक्षमा कसलाई समर्थन गर्ने नखुलाए पनि सहमती भए नरेन्द्र बिष्ट चुनाव भए लोकेन्द्र भण्डारीलाई सहयोग गर्ने संम्भवाना रहेको एक जिल्ला स्तरिय नेताले बताए । नरेन्द्र बिष्टकाे नेतृत्वमा काक्री उपाध्यक्ष र भण्डारी सचिव बस्न तयार रहेकाे एक नेताले बताए ।

 

 

us dintal patan
Leave A Reply

Your email address will not be published.