एमाले बैतडी अध्यक्षमा नरेश कुमार विक सर्वसम्मत चयन, घोषणा गर्ने बाकीँ

ललित बोहरा/बैतडी : नेकपा एमाले बैतडीको अध्यक्षमा नरेश कुमार विक सर्वसम्मत चयन भएका छन् । एमालेको नवौँ जिल्ला अधिवेशनले विकलाई सर्वसम्मत चयन गरेको एक नेताले बताए । जिल्ला कमिटीको टिमसहित निर्वाचनको प्रक्रिया पुरा गर्ने समय लागेकाले घोषणा गर्ने बाकिँ छ ।

८ औँ जिल्ला अधिवेशनका उपसचिव लोकेन्द्र भण्डारी उपाध्यक्ष , हजारी साउँद सचिव चयन भएका छन् भने उप सचीवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएकाछन् ।

नरेन्द बिष्टलाई माथिलो पदमा मनोनीतका लागि सहयोग गरिएने सहमती भएको छ । अब उनी केन्द्रीय सदस्य हुने वा प्रदेश सदस्य हुने त्यो छलफलबाट निष्कर्ष आउने स्रोतले बताएको छ ।

suv

अहिले जिल्ला सदस्य स्थानीय तहहरुबाट छनोट भइरहेका छन् । १८ खुल्ला सदस्यका लागि पनि छलफल चलिरहेको एक नेताले बताए ।

सहमतीमै नेतृत्वको टुंगो लगाएर मन्त्री दामोदार भण्डारी बिहानै काठमाण्डौका लागि प्रस्थान गरिसकेका छन् ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.