बैतडी : एमाले बैतडीको जिल्ला कमिटीमा गाउँपालिका अध्यक्षदेखी प्रदेशमा पराजीत हुनेसम्मका नेताहरु अटाएका छन् ।
५ पदाधिकारीसहित ९० जनाको जिल्ला टिममा अन्य पार्टीबाट प्रवेश गर्ने तथा प्रदेश सदस्यमा पराजीत हुनेहरु समावेश गरिएको एमाले बैतडीले जनाएको छ ।
सुनर्या गाउँपालिका अध्यक्ष अमरबहादुर कुवँर एमाले जिल्ला कमिटिमा समावेश भएका छन् ।
गाउँपलिका उपाध्यक्षहरु र वडा सदस्यहरु पनि अधिकाश जिल्ला कमिटी सदस्य चयन भएका छन् । यस्तै सुनर्या गाउँपालिका निर्वातमान उपाध्यक्ष लिला बिष्ट प्रदेश कमिटी सदस्यमा पराजित भएपछि जिल्ला कमिटीमा समावेश भएकी छन् ।
नयाँ ठेगानासहितको यो लिष्ट हेर्नुस ?