दार्चुलामा मेयरका ड्राइभरले कुटे प्रहरी

बैतडी : दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर विजयसिह धामीको सवारी चालक सुरेशसिह विष्ट बन्टीले प्रहरीमाथी हातपात गरेका छ्न ।

जिल्लको शैल्यशिखर नगरपालिक ९ स्थित गोकुलेश्वरमा महाशिवरात्रीको अवसरमा लागेको मेलामा विष्टले प्रहरी हवल्दार मेघराज बिक र प्रहरी जवान नरेन्द्र बोहरा माथी हातपात गरेका हुन ।

लागुऔषधका सेवनकर्ताकालाई चेकजाँच गर्ने क्रममा विष्ट ले किन अरुलाई यसरी चेकजाँच गरेको भनेर प्रहरीमाथी हातपात गर्दै फिल्मीशैलीमा प्रहरीद्वयलाई कुटपिट गरेका हुन ।
कुटपिटबाट दुबै प्रहरीको छाती, हात र टाउकोमा चोट लागेको छ । कुटपिट गर्ने विष्टलाई प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय दार्चुला पठाएको छ ।

suv

हामी मेलाको सुरक्षा ब्यवस्थापनमा थियौं । मेला भन्दा करिब ५०-६० मिटर टाढा १०-१२ जना केटाहरु चरेस सेवन गर्दै थिए भन्ने जानकारी हामीलाई जानकारी अयाे। हामी उनी तिनीहरुलाई नियन्त्रणमा लिनु भन्दा अगाडि शस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिइसकेको थियो । घाइते प्रहरीले भने- ‘ती केटाहरूलाई शस्त्र प्रहरीले हाम्रो जिम्मा लगायो र हामीले तिनीहरूलाई चेकजाँच गर्दा ३-३ पिस स्पास, भ्यात (लागुऔषध) समेत फेला थियाे । नियन्त्रणमा लिइसकेपछि केटाहरूलाइ किन हानेको भन्दा उल्टै मलाई मा….. भन्दै गाली गर्दै मलाई कुटपिट गरेको हो ।’

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.