बैतडीमा काठको गोलिया र ट्रकसहित एकजना पक्राउ

बैतडी : अवैध काठको गोलिया र ट्रकसहित बैतडीमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका- २ घर भएका सु प प्र ०२ ००१ ख १२१८ नम्बर ट्रकका चालक ४० वर्षीय लक्ष्मण चन्द रहेका छन्।

अवैध काठ ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा चन्दलाई मेलौली नगरपालिका-७ हरिपुर बजारबाट ट्रक र काठसहित नियन्त्रणमा लिइएको हो।

ट्रक र ५ थान सल्लाको गोलियासहित नियन्त्रणमा लिइएका चन्दलाई आवश्यक कार्वाहीका लागि सव डिभिजन वन कार्यालय कुलाउमा बुझाइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिनुभयो।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.