फोटो : सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारी
बैतडी: बैतडीको पाटन नगरपालिका र एक समुदायीक वन समिति विरुद्ध अख्तियारमा उजुरी परेको छ । सादमुयीक वन अतिक्रमण गरेर बिद्यालय भवन निमार्ण भइरहेको भने आरोपमा उजुरु गरेको जनाएको छ ।
पाटन नगरपालिका र वडा नं १ को लमौती सामुदायिक वन समिति विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगर कञ्चनपुरमा उजुरी परेको हो ।
वडाको सरस्वती मावि गुत्थडीको भवन सामुदायिक वन अतिक्रमण गरेर निर्माण भैरहेको आरोप छ । सरस्वीत माविको भवन निर्माण भइरहेको जमिन सरकारी हो की निजी हो भन्ने बारे अनुसन्धानबाट खुल्ने सव डिभिजन वन पाटनका प्रमुख हेमनरायण शाहनीले बताए । अख्तियारबाट पत्र आइसकेपछि परिपत्र गरेर सरोकारवाला निकायबाट लालपूर्जा सहितका आवश्यक कागजपत्रहरु माग गरिएको उनले बताए । आवश्यक कागजपत्र उपलब्ध नगराए वन ऐन अनुसार कारबाही हुने बताइएको छ ।
यता वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले भने विद्यालयको भवन निर्माण भैरहेको जग्गा वनको नभइ व्यक्तिको भएको बताए । स्थानीयले जग्गादान गरेपछि प्रकृयागत हिसावले भवन निर्माण सुरु गरिएको उनको भनाई छ ।स्थानीय मिन बहादुर चन्दले विद्यालय भवन निर्माण गर्न जग्गा दान गरेका थिए । सो जग्गा सामुदायिक वनको भएको भन्दै अख्तियारमा उजुरी परेको हो ।
संघीय सरकारको विशेष अनुदान अन्तर्गत ८० लाख लागतमा भवन निर्माण भैरहेको हो । उक्त भवन निर्माण कार्य धमाधम भैरहेको समेत वडा अध्यक्ष ठगुन्नाले बताए । यता वन समितिले पनि माघ ६ गते ६५ जनाको उपस्थितिमा आमभेला बसेर सबैको सहमतिमा भवन बनाउने निर्णय गरिएको जनाएको छ ।
सबै गाउँलेहरुको सहमतीमा भवन निर्माण कार्य सुरु गरिए पनि केहि विकास विरोधि व्यक्तिहरुले मुद्धादर्ता गरि विकासमा बाधा पुर्याइरहेका वन समितिका पदाधिकारीहरुको भनाई छ । उहाँका ३ निमावी मिलेर सबैको पायक पर्ने ठाउँ मावि बिद्यालय बनाउन लागिएको नगरपालिकाले जनाएको छ ।