बैतडी:
बैतडीको पाटन नगरपालिका- १ को कार्यालयले वडाभरीमा रहेका विद्यालयहरुमा सञ्चालन गरेको वडास्तरीय बार्षिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।
कक्षा १ देखि ७ र कक्षा ९ को परीक्षाफल प्रकाशन गरिएको वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले बताए । बार्षिक परीक्षामा वडाभरी प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुस्कार समेत वितरण गरिएको छ ।
यस्तै सिकाई उपलब्धिको मापन गरी उत्कृष्ट विद्यालयहरु सम्मान गरिएको वडा अध्यक्ष ठगुन्नाले बताए ।
सिकाई उपलब्धि मापनमा जनता आधारभूत विद्यालय पोखरी ३०.९८ प्रतिशत अंक ल्याएर प्रथम भएको छ भने भुवनेश्वर आधारभूत विद्यालय लदौली २९.३५ प्रतिशत अंक ल्याएर दोश्रो भएको छ । यस्तै कालिका आधारभूत विद्यालय सकार २८.८५ प्रतिशत अंक ल्याएर तृतीय भएको छ ।
वडास्तरीय शिक्षा समिति, विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको संयुक्त बैठक बसेर आगामी शैक्षिक सत्रमा शैक्षिक कार्यतालिका बनाएर वडाभरीका विद्यालयहरुमा एकरुपता ल्याउने निर्णय गरिएको वडा अध्यक्ष ठगुन्नाले बताए । बिद्यालयमा एकै किसीमको रंगलगाउने अभियान पनि थालीएको उनले बताए ।