सुर्नया गाउँपालिकामा नयाँ हाकिम हर्ष बहादुर रोका हाजिर

बैतडी :

सुर्नया गाउँपालिकामा नयाँ हाकिमको रुपमा हर्षबहादुर रोका हाजिर भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत फागुन ९ गते रोकालाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो ।

उनलाई गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर लगायत कर्मचारीहरुले स्वागत गरेका छ्न् । अब कामकाजमा सहज हुने र रोकिएका आर्थिक तथा प्रशासनिक कामहरु सुचारु भएका गाउँपालिका अध्यक्ष कुँवरले बताए ।

प्रमुख प्रशासकीय अधिकृत रोकालाई स्थानीय तह सञ्चालनको राम्रो अनुभव छ । डडेल्धुराको आलिताल र भागेश्वर गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत भएर काम गरिसकेको छन् । अहिले यातायात कार्यालय डडेल्धुराका प्रमुख थिए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.