डडेल्धुराको भागेश्वरमा जग्गा नापजाँच सुरुवात

डडेल्धुराः डडेल्धुराको भागेश्वरमा जग्गा नापजाँच सुरुवात गरिएको छ । गाउँपालिकाको वडा नम्बर-५ बाट भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गा नापजाँच सुरुवात भएको छ। वडा नम्बर-५ का वडा अध्यक्ष एवंम वडा स्तरीय सहजीकरण समितिका संयोजक नरेन्द्र बहादुर थापाको अध्यक्षतामा निस्सा वितरण एवं जग्गा नापजाँच सुरु भएको भागेश्वर गाउँपालिकाका नापी प्राबिधिकका अमिन सन्दीप महराले जानकारी दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौत,राष्ट्रिय भुमि आयोग डडेल्धुराका अध्यक्ष शेर भण्डारी विशिष्ट अतिथी थिए , अब भागेश्वरका सम्पुर्ण वडाहरुमा सरुवा गरिने छ बाकिँ सम्पुर्ण वडाहरुको लगत प्रविस्ट कार्य सम्पन्न भै हकदावीको सुचना जारी गर्ने तयारी भैरहेको नापी प्राविधिक महराले बताए ,

भागेश्वर गाउँपालीका अन्तर्गत रहेका ३९ परिवार भुमिहिन सुकुम्बासी र भुमिहिन दलित रहेका छन भने ५ सय २२ परिवार अव्यवस्थित बसोबासी रहेका छन् । भुमिहिन दलित भुमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न सरकारले भुमी आयोग गठन गरेको हो ।

us dintal patan
Leave A Reply

Your email address will not be published.