पाटन नयाँ शहर : नगाडीबाडामा जग्गा एकीकरणको तयारी

ds new

ललित बोहरा/बैतडी :  बैतडीको पाटन नयाँ शहर आयोजनाले पाटन नगरपालिका वडा नम्बर ६ मा पर्ने नगाडीबाडाको जग्गा एकीकरणको तयारी थालेको छ । सरकारले २०६८ सालमा मध्यपहाडी लोकमार्ग अन्तर्गत १० शहरलाई नमूना शहरको रुपमा विकसित गर्ने निर्णयसंगै दशौं शहरको रुपमा रहेको बैतडीको पाटनमा जग्गा एकीकरण तयारी थालिएको छ ।

पाटन नयाँ सहर आयोजना अन्तर्गत डोबरा, लामाखेत, मेलतडा र नगाडीबाडाको ठाउँमा जग्गा एकीकरण गरी बस्ती विकासका कामलाई अघि बढाउने योजना छ ।
सुरुवात नागाडीबाटाबाट जग्गा एकीकरणको काम थालनी गरिन लागेको पाटन नयाँ सहर आयोजनाका आयोजना प्रमुख भुपराज पौडेलले बताए ।
जसका लागि बिहीबार जग्गा धनी र पाटन नगरपालिकाका जनप्रतिनिधीहरु बिच पाटन नयाँ सहर आयोजनाले छलफल गराएको छ ।

चार वटैका लागि सहमती खोजी रहेको कार्यालयले अहिले नागाडीबाटाबाट सुरुवातका लागि राम्रो ठाउँ तथा जग्गा विकास कार्यक्रमका लागि मापदण्ड पुगेको ठाउँ रहेको आयोजना प्रमुख पौडेलले बताए ।

us dintal patan

डोबरा क्षेत्रमा ४५ प्रतिशत बढी काम भएपनि जग्गा एकीकरणमा सहमति जुट्न नसकेको सूचना अधिकारी रोहीत भण्डारीले बताए । उनले भने ‘स्थानीयबासीहरुसंग सहमति जुटाएर मात्रै जग्गा एकीकरणको काम अघि बढ्छ । तर सहमति नहुँदा समस्या भईरहेको छ । अब नागाडीबाटामा सहमतीको प्रयास भइरहेको छ । त्यहाँका नागरिक सकरात्मक छन्। ’

पाटन नयाँ शहर अन्तर्गतका रिंगरोड, कर्भड हल निर्माण, बसपार्क निर्माण, ढल निकास, कोल्डस्टोर निर्माण, खानेपानी योजना लगायतका कामहरु भने अघि बढेका इन्जिनियर भण्डारीले बताए ।

पाटन बजार क्षेत्रको फोहर व्यवस्थापन गर्नका लागि ल्याण्डफील साइड निर्माणको काम समेत भईरहेको आयोजना प्रमुख पौडेलले बताए । उनले भने ‘ल्याण्डफिल साइड निर्माणका लागि पहिला पनि केही काम भएको छ । फोहर व्यस्थापनको जिम्मा स्थानीय सरकारको हो। ’

नयाँ शहरले निमार्ण गरिरहेको ११ वटा पुराना योजनामा अहिले बजेट नभएको जनाएको छ । लामो समय सम्म काम सम्पन्न नभएर बवेट फ्रिज भएकाले अहिले बजेट माग गरिएको उनले बताए ।
१० बर्षपछि नयाँ शहरको कार्यालयले पाटनमै बसेर काम गर्ने कार्यालय प्रमुख पाएपछि नयाँ शहरले गती लिने विश्वास स्थानीयले लिएका छन् ।

 

Leave A Reply

Your email address will not be published.