बैतडी : बैतडीमा लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका- ४ गढतोला शैनीकी ४६ वर्षिया हरुलीदेवी बोहराको स्याउला काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।
बिहीवार घनजिकैको खरबारीमा बाख्राका लागि स्याउला काट्ने क्रममा बोहरा रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।
घाइते बोहरालाई उपचारका लागि डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सिगास गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष हरि सिंह बोहराले बताए । बोहराको घरमा श्रीमान र तीन छोरा रहेका बताइएको छ। श्रीमानले डडेल्धुराको तुफानडाडामा फोटोसम्बन्धीको पसल सञ्चालन गर्दै आएका थिए ।