अजयमेरु र भागेश्वरबिच अन्तर पालिका समन्वय बैंठक: भए चार निर्णय

ललित बोहरा/डडेल्धुरा: 

डडेल्धुराको अजयमेरु र भागेश्वर गाउँपालिका बिच अन्तर पालिका समन्वय बैंठक सम्पन्न भएको छ । पहिलो पटक भएको समन्वय बैठकले चार वटा निर्णय गरेको आयोजक अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रशाद भट्ट विकासले बताए ।

भागेश्वर र अजयमेरुको सिमाना पर्ने ठुलीगाडमा अबैध ढुगा र बालुवा निकासाको दुई वटै स्थानीय तहले रेखदेख गर्ने, अजयमेरु गाउँपालिका आवत जावत गर्ने भागेश्वरमा पर्ने सडक भागेश्वरले नै सरसफाई तथा सुधार गर्ने र भागेश्वर आवतजाव गर्न अजयमेरुमा पर्ने सडको अजयमेरुले नै सरफाईत तथा सुधार गर्ने, डिमौउला भद्रपुर सडकमा पर्ने मोड सुधारका लागि भागेश्वर सहजीकरण गर्ने, मैत्रिपुर्ण खेल तथा समन्वय बैंठकको आयोजना गर्ने शुक्रबारको बैंठकमा निर्णय भएको भागेश्वर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारतीले बताए ।

अबका दिनमा अन्तर पालिका समन्वय बैंठकमा अरु पालिकालाई समेत सहभागीता गराउने बिषयमा छलफल भएको भागेश्वर गाउँपालिका अध्यक्ष हेम राज चटौतले बताए । बैंठकले विकास निमार्णका अन्य कामको पनी ज्ञान आदान प्रदान गर्ने सहयोग पुगेको उनले बताए ।

बैतडीको मेलौली नगरपालिकासंग समन्वय बैंठक गर्ने तयारी गरिएको अजयमेरु गाउँपालिका अध्यक्ष भट्टले बताए । मेलौली नगरपालिकासंग अजयमेरु र भागेश्वरको अधिकाश क्षेत्र जोडीएको छ भने अजयमेरुको क्षेत्र पाटन नगरपालिकासंग पनि जोडीएको छ ।

दुईवटै गाउँपालिका जनप्रतिनिधी र कर्मचारीको मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगिता पनि सम्पन्न गरिएको जनाएको छ ।

 

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.