बैतडी: बालुवाखानीमा च्यापीएर एक महिलाको मृत्यु

बैतडी:

sanke

बैतडीमा बालुवाखानीमा च्यापीएर एक महिलाको मृत्यु भएको छ । जिल्लाकाे सिगास गाउँपालिका २ धौलाडीकी ३३ वर्षीया राजमती भाटको बालुवाखानीमा च्यापीएर मृत्यु भएको हाे । धौलाडीमा रहेको बल्लीजोड नजिकैको बालुवा खानीबाट बालुवा निकाल्ने क्रममा मंगलबार साँझ माथिबाट खसेको ढिस्कोले च्यापीएर भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरीश्र निरिक्षक योगेश खत्रीले जानकारी दिए । यस्तै अन्य दुइ जना घाइते भएका छन् ।

ढिस्कोमा पुरिएका ६२ वर्षीय सालिभान सिंह धामी र उमेर नखुलेका शंकरमान सिंह धामी घाइते भएका छन् । घाइते दुवै जनलाइर् उपचारको लागि डडेल्धुरा लगिएको प्रहरीले जनाएकाे छ ।

Leave A Reply

Your email address will not be published.