महानगरपालिकाहरूलाई हराएर बैतडीको मेलौली नगरपालिकाले जित्यो महिला कबड्डीको उपाधी

बैतडी:

अन्तरपालिका महिला कबड्डी प्रतियोगिताको उपाधी बैतडीको मेलौली नगरपालिकाले जितको छ । भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको अन्तरपालिका महिला कबड्डी प्रतियोगितामा बुटबल उप–महानगरपालिकालाई हराएर बैतडीको मेलौली नगरपालिका उपाधी जितेको हो ।

आज सम्पन्न फाइनल खेलमा बुटबलं उपमहानगरपालिका रुपन्देहीलाई हराउदै मेलौली नगरपालिकाका विजयी भएको मेलौली नगर खेलकुद संयोजक सागर भण्डारीले जानकारी दिए । उपाधी संगै मेलौलीले १ लाख ५० हजार पुरस्कार प्राप्त गरेको उनले बताए ।

suv

नेपालमै पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा दार्चुलाको महाकाली नगरपालिका, बैतडीको मेलौली नगरपालिका, कञ्चनपुरको भिमदत्त नगरपालिका, बुटवलउपमहानगरपालिका, बाराको कलैया उपमहानगरपालिका ओखलढुंगाको सिद्धिचरण नगरपालिका, विराटनगर महानगरपालिका, काठमाडौं महानगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, कीर्तिपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका, बनेपाको पनौति नगरपालिका, सोलुखुम्बु नगरपालिका, भक्तपुर नगरपालिका, ललितपुर महानगरपालिका र पोखरा महानगरपालिका गरी १७ वटा पालिकाले सहभागिता थियो ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.