उदयदेव प्रिमियर लिग क्रिकेट प्रतियोगिता चैत २६ गतेदेखि हुने

ललित बोहरा/बैतडी :  बैतडीको पाटनमा प्रथम नगरस्तरिय उदयदेव प्रिमियर लिग क्रिकेट प्रतियोगिता चैत २६ गतेदेखी हुने भएको छ ।

आयोजक पाटन भ्याली क्रिकेट क्लबले शनिबार उदयदेव मन्दिर परिषदमा पत्रकार सम्मेलनको आयोजना गर्दै पुरुस्कार राशी र खेल आयोजना मिति सार्वजनीक गरेको हो ।

टेनिस बलले खेलाईने प्रतियोगीताको प्रथम पुरुस्कार नगद ३० हजार, द्धित्तिय पुरुस्कार नगद २० हजार ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष विकास बिष्टले बताए ।

खेलमा क्यान अफ दि सिरिज नगद ५ हजार, वेष्ट व्याट्सम्यान नगद ३ हजार, वेष्ट बलर नगद ३ हजार र इमर्जिङ प्लेयर नगद १ हजार ५ सय पुरुस्कार प्राप्त गर्नेछ । पाटन नगरपालिका भित्रका खेलाडीलाई मात्र सहभागी गराईने प्रतियोगीतामा दर्ता शुल्क ३ हजार ५ सय तोकिएको क्लबका सचिव सन्तोष जोशीले बताए ।

प्रतियोगीताका लागस् ४ लाख ५० हजार लागत अनुमान गरेको छ । विभिन्न समाजसेवी तथा खेलप्रेमी व्यक्तीहरुबाट १ लाख रकम संकलन भएको भइसकेको आयोजकले जनाएको छ । आर्थिक सहयोगका लागि पाटन नगरपालिका लागयतका सरकारी तथा समाजीक संघसंस्थालाई आग्रह गरिएको जनाएको छ ।

प्रतियोगीताको उद्देश्य उदयदेव मन्दीर पाटन लगायतका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्नु पर्ने रहेको अध्यक्ष विकास बिष्टले बताए । क्लबले तीन दिन होली खेल्ने कार्यक्रम पनि राखेको छ होलीबाट संकलन भएको रकम पनि क्रिकेटमै लगानी गरिने जनाएको छ । यही चैत्र २२ गतेसम्म टिर्ताको समय राखिएको छ ।

पत्रकार सम्मेलनमा जिल्ला खेलकुद समितीका अध्यक्ष चमनकिशोर भण्डारी लगायतका प्रशिक्षक खेलाडीहरुको उपस्थिती रहेको थियो ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.