स्वास्थ्य कार्यक्रमहरुको अर्धबार्षिक समीक्षा : पालिकाहरुबीच सिकाइ आदानप्रदान

बैतडी:

बैतडीमा चालु आर्थिक बर्षमा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको अर्धबार्षिक समीक्षा गरेकाे छ । स्वास्थ्य कार्यालयको आयोजना तथा डिलाशैनी गाउँपालिकाको समन्वयमा गोकुलेश्वरमा अर्धबार्षिक समीक्षा शनिबार सम्पन्न भएको हो ।

दुईदिन सम्म सञ्चालनको भएको समीक्षामा जिल्लाका १० ओटै स्थानीय तहमा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको बिषयमा छलफल भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

suv

समीक्षा कार्यक्रममा १० ओटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुले पालिकामा सञ्चालनमा रहेका स्वास्थ्य कार्यक्रमहरुको बारेमा जानकारी दिनुकासाथै सम्पन्न भएका क्रियाकलापहरुको बारेमा जानकारी दिए ।

अर्धबार्षिक समीक्षामा पालिकाहरुमा सञ्चालित स्वास्थ्य कार्यक्रम र तिनको अवस्थाका बिषयमा छलफल भएको छ । अर्धबार्षिक समीक्षामा पालिकाहरुले स्वास्थ्यको क्षेत्रमा सम्पादन गरेका कामहरुको बारेमा जानकारी दिइएको थियो ।

अर्धबार्षिक समीक्षाबाट प्राप्त तथ्यांकका आधारमा आगामी दिनमा कार्यक्रम सञ्चालनमा सहजता हुने स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले बताए ।

यस्तै अर्धबार्षिक समीक्षा कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत सञ्चालित कार्यक्रमहरुको बारेमा पनि छलफल भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौली र नागरिक आरोग्य केन्द्रहरुमार्फत सञ्चालित कार्यक्रमको बारेमा जानकारी दिइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका प्रमुख हिक्मत चन्दले बताए ।

अर्धबार्षिक समीक्षामा पालिकाहरुबीच सिकाइ आदानप्रदान समेत भएको स्वास्थ्य प्रमुख भट्टले बताए ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.