नेकपा एस डडेल्धुरा एमालेमा सामेल हुन लागेको हो ?

डडेल्धुरा : नेकपा एमाले डडेल्धुराले नवौ जिल्ला अधिवेशनको तयारी तिव्र गरिरहेको छ । जिल्लाको परशुराम नगरपालिकामा पर्ने रगंमैदानमा यही चैत ५ गते हुने अधिवेशन नजिकिएसँगै जिल्ला स्तरिय नेताले नेतृत्व लगायतका बिषयमा छलफललाई तिव्रता दिएका छन्।

जिल्लाको नयाँ नेतृत्व चयन भइरहेको समयमा एमालेले नेकपा एकृकित समाजवादी डडेल्धुरालाई एमालेमा सामेल गर्ने बिषय रुपमा छलफल गरेको छ ।

नेकपा एस डडेल्धुराका केही नेताले केन्द्रमा काँग्रेससहितको सत्ता समिकरण रहेको बेला एमाले डडेल्धुराका अध्यक्षसहितको टिमसंग लामो छलफल भएको एक नेताले पुष्टी गरे ।

पद बाँडफाडसम्म एमाले डडेल्धुराका संयोजक गजेन्द्र साही लगायतका नेताहरुसंग छलफल भएको बताइएको छ। नेकपा एसलाई एमालेले डडेल्धुराले उपाध्यक्ष, सचिव र ६ प्रदेश सदस्य तथा ३ केन्द्रीय सदस्य दिने बिषयमा लामो समयसम्म छलफल गरेको थियो । तर एमालेको भित्रका एक नेताले रेडियो बहसमा नै नेकपा एस आउने भएर माफि मागेर आउनु भन्ने जस्ता अभिवक्तीले कुरा बिग्रीएको बुझीएको छ । एमालेजनमा नेकपा एस भित्रले बिषय कार्यकतासम्म नै पुगेकाे छ । तर एमाले नेताहरुले भनेजसो एमालेमा नेकपा एसको टिमनै प्रवेशको वातावरण चैत्र ५ मा नरहेको समाजवादीका एक नेताले बताए ।

‘ नेताको भनाईले मात्र धेरै नबिग्रीएको थिइन, एमाले भित्रको दुई गुट प्रष्टदेखियो एक गुटले पार्टी नै समाजवादीबाट आएको टिमलाई जाने जस्तो गरेर डराएको जस्तो देखियो । नेताले भने, ‘एमाले भित्र क्षेत्रगत राजनिती हावी हुने जस्तो लाग्याे, अहिले नै एकता वा एमाले फिर्ता हुने बिषय निराधार हाे ।’

नेकपा एस डडेल्धुरा अब केन्द्रीय राजनितीबाटै मिलेर आए मात्र सोच्ने बताउछ ।

कुनै शक्तिसंग एकता, समायोजनका बिषयमा छलफल नभएको नेकपा एस डडेल्धुराका अध्यक्ष कवेन्द्र बिष्टको दाबी छ ।  उनले भने, ‘छलफल भएकाे छैन, कुनै नेताहरुले गरेको भए मेरो जानकारीमा छैन एमालेले फिर्ताको बिषय हल्ला हो एमालेले हल्ला गरेको होला यसको पछि कोही हाम्रो कार्यकता लाग्दैन्।’

एमालेमा अहिलेका संयोजक शाही र नेता चक्र स्नेही बिच अध्यक्षका लागि रसाकस्सी चलेकाे छ ।

स्नेहीलाई पूर्व मन्त्री पठानसिह बोहरासहित अधिकाश भित्र मदेशका नेताको साथ रहेको दाबी गरिएको छ भने संयोजक शाहीलाई पूर्व जिल्ला विकास समिती सभापती गजेन्द्र शाही लगाउतका माथिलो भेगका नेता कार्यकर्ताले सहयोग गर्ने सम्भावना देखिएको छ । यदापी एमाले नेताहरुले सर्वसम्मत नेतृत्व चयनका लागि जोडबुडामा बृहत छलफल थालेको छ । अधिवेशनको उद्घाटन गर्न एमाले केन्द्रीय अध्यक्ष केपीशर्मा ओली डडेल्धुरा आउँदै छन्।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.