डडेल्धुरा महोत्सवमा आयोजित भलिबलको उपाधि भीमदत्त बहुमुखी क्याम्पसले जित्यो

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं छैठौं डडेल्धुरा महोत्सव—२०८०’  मा आयोजित भलिबल प्रतियोगिताको उपाधि भीमदत्त बहुमुखी क्याम्पसले हात पारेको छ।

शनिबार भएको फाइनल खेलमा एमबी एजुकेशलनलाई ३–१ को सेटले पराजित गर्दै भीमदत्त बहुमुखी क्याम्पसले उपाधि हात पारेको हो।

एमबी एजुकेशलनले पहिलो सेट जितेको थियोे भने त्यसपछिका तीन सेट लगातार भीमदत्त बहुमुखी क्याम्पसले जितेको भलिबल प्रतियोगिताका संयोजक राजेन्द्र ठगुन्नाले जानकारी दिए।

ठगुन्नाका अनुसार जिल्ला प्रहरी कार्यालय डडेल्धुरा तेस्रो भएको छ। उसले एमबी स्टिल ग्रुपलाई पराजित गरेको हो।

प्रतियोगितामा प्रथम भएको भीमदत्त बहुमुखी क्याम्पसले ५५ हजार, द्वितीय भएको एमबी एजुकेशलनले ३५ हजार र तृतीय भएको जिप्रका डडेल्धुराले २५ हजारसहित ट्रफी पाउने उद्योग बाणिज्य संघ डडेल्धुराका अध्यक्ष दिजराज भट्टले जानकारी दिए।

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!