बैतडी:
बैतडीमा प्रहरीले अवैध भन्सार छलीका सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट शनिबार खटिएको प्रहरी टोलीले दशरथचन्द नगरपालिका ५ धारीगाडमा भन्सार छलीका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।
बेवारिसे अवस्थामा खानेतेल, जीरा, मिठाई, लुगा धुने सोडा, कापी,डट्पेन, चप्पल लगायतका २२ हजार ४ सय ९५ रुपैयाँ मूल्य बराबरका सामग्री बरामद गरिएको प्रहरी निरीक्षक जोशीले बताए । शनिबार साँझ ६ बजेतिर बेवारिसे अवस्था राखिएका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको उक्त सामग्री आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाट पठाइएको छ ।