ललित बोहरा/बैतडी : दिगो विकास लक्ष्य हासिल गर्नका लागि लैंगिक हिंसा र महिला तथा किशोरीविरुद्ध हुने हानिकारक अभ्यास अन्त्य गर्नु प्रयास गरिरहेकाे बैतडीको पाटन नगरपालिका नगर प्रमुख गौरीसिह रावलले बताए ।
लैंगिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना दोस्रो चरण अन्र्तगत स्थानीय परियोजना सल्लाहकार समितिको पाटनमा बसेको बैंठकमा उनले यस्तो बताएका हुन् ।
लैंगिक हिंसा प्रभावितको सुरक्षा, स्वास्थ्य र न्यायको पहुँचमा सहयोग पु¥याउन संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)को आर्थिक सहयोगमा पाटन नगरपालिकाले काम गरिरहेको नगप्रमुख रावलले बताए ।
परियोजनाको सहयोगमा पाटन नगरपालिकामा लैंगिक हिंसालाई बढावा दिने विद्यमान हानिकारक जनविश्वास र अभ्यासलाई चुनौती दिन समुदायलाई सशक्तीकरण गर्ने, महिला सशक्तीकरणमा सुधार ल्याउने नीतिगत सुधार प्रवर्द्धन गर्ने गरेको उपप्रमुख कमल सिह बोहरा (अपी)ले बताए ।
उनले लैंगिक हिंसा प्रभावितका लागि पुन:स्थापनाको समस्या भएकाेले नगरपालिकाले जिवीकोपार्जका कार्यक्रम अगामि बजेटमा ल्याउने बताए । नगरपालिकाको आर्थिक साझेदारीको माध्यमबाट निरन्तर मानव संशाधनामार्फत सिपीएसडब्लु, केस मेनेजर लगायतले काम गरिहेको नगरपालिकाले जनाएको छ ।
बैठमा परियोजनाले गरेको गतिविधी तथा प्रगती प्रस्तुत गरेको छ ।
सुरक्षीत आवास गृहको निरन्तर संञ्चालन, एक बर्षमा १ सय ६६ जनाले सेवा दिएको देखिएको छ । सेफहावसमा आएका लैंगिक हिंसा प्रभावित महिलालाई पुनस्थापनाका लागि समेत विभिन्न सिपमुलक तालिमका लागि पहल गर्ने गरेको जनाएको छ ।
पाटन नगरपालिकाले लैङ्गिक हिंसा निवारण कोषलाई सक्रियाताका साथ लगेको छ भने लैङ्गिक हिंसा निवारण कार्यविधिहरु पनि कार्यपालिको पास गरेको सामाजिक विकास समिती संयोजक हरिष बिष्टले बताए ।
हिंसा अब क्यासर रोग जसरी फलिन नदिन सबै एक भएर काम गर्ने सहभागीहरुले प्रतिबद्धता व्यक्त गरे ।
आईपास, साथी, सिएमसी नेपालमार्फत पाटनमा सेफहावस निरन्तर सञ्चालनसंगै प्रतिकार्यका गतिविधी संचालनमा छ भने भिएसओ मार्फत पिसवीनबाट रोकथामका कार्यहरु संचालनमा रहेको यूएनएफपीएका जिल्ला संयोजक खगेन्द्र भट्टले बताए ।
लैङ्गिक हिंसा रोकथाम र प्रतिकार्य परियोजनाको दोस्रो चरणलाई स्वीस सरकार विकास नियोग (एसडिसी) र काठमाडौँ स्थित नर्वेजियन दूतावासबाट सहयोग उपलब्ध गराइएको छ ।
परियोजनाले सुदूरपश्चिम र प्रदेश १ का ८ जिल्लाका १९ नगरपालिकाका आवश्यक सेवा उपलब्ध गराउने यूएनएफपीएले जनाएको छ ।
महिला र किशोरीविरुद्ध हुने भावनात्मक, शारीरिक, यौनिक वा आर्थिक हिंसा महिला र किशोरीलाई भन्दा पुरुष र किशोरलाई महत्त्व दिने तथा महिला र किशोरीविरुद्धको हिंसालाई सामान्य मान्ने विभेदपूर्ण अभ्यासका कारण भएको जनाइएको छ ।