एमाले डडेल्धुराको नवौं अधिवेशनको तयारी पुरा : अध्यक्ष ओलीले उद्घाटन गर्ने

ललित बोहरा, बैतडी : नेकपा एमाले डडेल्धुराको नवौं जिल्ला अधिवेशन तयारी पुरा भएको छ ।

जिल्लाको परशुराम नगरपालिकाको रगंमैदानमा शोमबार एमाले अध्यक्ष केपी शार्मा ओलीले अधिवेशन उद्घाटन गर्ने एमाले डडेल्धुराले जनाएको छ । अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली आईतबार साझँ धनगढी कैलाली पुगीसकेका छन् ।

जिल्ला अधिवेशनमा २३० प्रतिनिधि चयन भइसकेका र ५ प्रतिशत जिल्ला कमिटीबाट मनोनित हुने छ । जससका लागि यो समाचार तयार गर्दा बैठक जारी छ ।
नयाँ नेत्तृवका लागि एमाले डडेल्धुरामा दुई बिच रसाकस्सी चलेको छ ।

संयोजक गजेन्द्र शाही र नेता चक्र स्नेहीले अध्यक्षको दाबी गरेका छन् । भने सचिवका लागि युवा नेता इन्द्र महरा, भरत मल्ल, राम शाही, मानबहादुर साउँद र अमर पुनले दाबी गरेको एमाले नेताले बताए । सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी नै रहेको एमाले नेताले दाबी गरेका छन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.