बैतडी:
बैतडीको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रशाद पाण्डे सरुवा भएका छन् । फागुन ३० गते हाजिर भएका प्रमु्ख प्रशासकीय अधिकृत पाण्डेको सरुवा भएको हो । सामान्य प्रशासन मन्त्रालयले पाण्डेयलाई रौतहटको वृन्दावन नगरपालिका सरुवा गरेको हो । पाण्डेय फागुन ३० गते पाटनमा हाजिर भएका थिए । अधिकृत पाण्डे एक महिना पनि टिकेनन् ।
योजना कार्यन्वयन गर्ने समयमा कार्यकारी बदल्ने होडबाजीले विकास निर्माण लगायत अन्य कामकारवाहीमा समस्या पुग्ने देखिएको छ । साउन अन्तिम पाटन नगरपालिकामा कार्यकारीको रुपमा आएका लक्ष्मीदत्त भट्टपनि फागुन अन्तिममा सरुवा भएका थिए ।
रौतहटकोको वृन्दावन नगरपालिकामा नेकपा एकीकृत समाजवादी विजयी भएको छ। समाजवादीका प्रमुख पदका उम्मेदवार विनोदप्रसाद कुर्मी ६ हजार ११२ मत ल्याएर निर्वाचित भएका हुन्।