ललित बोहरा
बैतडी : सुदूरपश्चिम प्रदेशका ६ सय जनाको निःशुल्क सीप परिक्षण हुने भएको छ । सीप भएका तर प्रमाण पत्र नभएका दक्ष कामदारहरुको सामाजिक विकास मन्त्रालय, सुदूपश्चिम प्रदेशको सहकार्यमा सीप परीक्षण गरिन लागेको जनाएको छ । सीप भएक तर प्रमाण पत्र नभइ सीप अनुसारको तलब नपाइरहेकाहरुले तोकीएको समय र स्थानमा आवेदन दिने आह्ववान गरिएको जनाएको छ ।
प्राविधिक शिक्षा क्षायिक तालीम परिषद् र सुदूरपश्चिम प्रदेश, धनगढी, कैलालीले सीप परीक्षणको आवेदन आह्वान सम्बन्धी सूचना अनुसार यही चैत्र २२ गतेसम्म निवेदन दिन सकिएन छ ।
राष्ट्रिय व्यवसायगत सीप प्रमाणिका अनुसार सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाको तर्फबाट सहुलियत शुल्कमा संचालन हुने पूर्व सिकाईको मान्यता, भौचर प्रणालीमा आधारित सीप परीक्षणमा सहभागी हुन चाहने स्वदेशमा र वैदेशिक रोजगारको अनुभव प्राप्त नेपाली नागरिकहरूबाट निवेदन माग गरेको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले यहाँका स्थानीय तहहरुसंग बैठक गरिरहेको छ ।
आईतबार पाटन नगरपालिकामा स्थानीय तह प्राविधीक तथा व्यावसायीक शिक्षा तथा तालिम समन्वय समिती गठन गरेको छ । प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बुढाको संयोजकत्वमा ५ सदस्यीय समिती गठन गरेको छ ।
आवेदन आह्वान सम्बन्धी सूचना