रुडेस बैतडीले महिला सशक्तीकरणसंगै कृषिमा नयाँ प्रविधि सिकाउदै

ललित बोहरा/बैतडी :  रुडेस बैतडीले सञ्चालन गरेका कार्यक्रमहरुको सरोकारवाला निकायहरुले अनुगमन गरेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा सञ्चालित कार्यक्रमहरुको सोमबार सरोकारवालाले अनुगमन गरिएको हो ।

अक्सफाम नेपालको सहयोगमा सञ्चालित ग्रीन परियोजना अन्तर्गत रुडेस बैतडीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । रुडेसद्वारा सञ्चालित कार्यक्रमहरुको प्रभावकारिताका बिषयमा अनुगमन गरिएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए ।

नगरपालिका क्षेत्रभित्र रुडेसले महिला सशक्तीकरण, कृषि प्रविधि हस्तान्तरण, आप्रवासीहरुको बीमा लगायतका कार्यक्रममा महत्वपूर्ण सहयोग गरेको उनले बताए ।
व्यवसायिक तरकारी खेतीमा लागेका किसानहरुलाई मल,बीउ, कृषिमा नयाँ प्रविधि सिकाएको कृषक बेलु भट्टले बताइन् । ‘हामीलाई कृषि औजार सहयोग गर्नुका साथै रुडेसले नयाँ कृषि प्रविधि सिकाएको छ, कार्यक्रम निरन्तार चल्नु पर्छ। उनले भने, बिचमा हामीलाई छोड्नु हुदैन पालिकाले पनि सहयोग गर्नु पर्यो ।’

पाटन नगरपालिका-४ मा सिचाईको अभाव भएकाले निमार्ण भएको पोखरीसम्म पानी ल्याउन पाईप सहयोग गरिदिन कृषकले नगरपालिका आग्रह गरेको छ । ‘सिचाई कार्यालय पाटन बैतडीले पोखरी मात्र बनाएर छोड्यो पानी कुलो बनाइदिएन वडा अध्यक्ष दिपक बिष्टले भने, हामी वडा बाट केही काम गरेका छौ पुर्ण गर्ने नगरपालिका सहयोग आवश्यक छ ।’

रुडेसद्वारा सञ्चालित कार्यक्रमले आफूहरुलाई व्यवसायिक रुपमा कृषि खेती गर्न प्रेरित गरेको पाटन नगरपालिका ९ की सरीता भाटले बताइन् । आफूहरुले पहिला पनि तरकारी खेती गरिरहेको तर रुडेसले नयाँ प्रविधि सिकाएको उनले बताइन् ।

करीब दुई रोपनी जमीनमा आलु खेती गरिरहेकी भाटले रुडेसबाट आफूले प्लास्टिक मल्चिङ प्रविधिबाट आलुखेती गर्न सिकेको बताइन् । उनले भनिन् ‘हामीले रुडेसबाट धेरै कुरा सिकेका छौं । बीउ, मल र प्राविधिक सहयोग पाएका छौं । ग्रीन परियोजनाबाटै प्लास्टिक मल्चिङ प्रविधिबाट आलुखेती गर्न सिकेका छौं ।’

पाटन नगरपालिका वडा नं ९का अधिकांश किसानहरु व्यवसायिक तरकारी खेतीमा लागेका र उनीहरुलाई रुडेसले विभिन्न सहयोग गरेको पाटन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष कालुसिंह भाटले जानकारी दिए । वडा नं ९ जिल्लाको आलु पकेट क्षेत्र रहेको बताउँदै उनले यसमा रुडेसको महत्वपूर्ण सहयोग रहेको बताए ।

रुडेस बैतडीका पाटन नगरपालिकाका ५ वडा र दशरथचन्द नगरपालिका ५ वडा गरी १० वडामा काम गरिरहेको जनाएको छ । रुडेस बैतडीले ग्रीन परियोजनामार्फत महिला सशक्तीकरण केन्द्रहरु सञ्चालन गर्नुका साथै कृषिका क्षेत्रमा समेत सहयोग गर्दै आएको रुडेस बैतडीका कार्यक्रम संयोजक अशोक चन्दले बताए ।
दशरथचन्द नगरपालिकाको मुडाप गाउँलाई जलवायुमैत्री गाउँ बनाउने प्रयासमा रहेको उनले बताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.