१५ पालिकाका जनप्रतिनिधी बैतडीको सुर्नयामा

बैतडी:

ललित बाेहरा

सुदूरपश्चिम प्रदेशका १५ पालिकाका जनप्रतिनिधीहरु बैतडीको सुर्नया गाउँपालिका भ्रमणमा पुगेका छन् । मुक्त हलियाहरुको पुस्थापनाका लागि बनेको कार्यविधि र परिचय पत्र वितरणबारे अध्ययन गर्न जनप्रतिनिधीहरु त्यहाँ पुगेका हुन् ।

२०६५ साल भाद्र २१ गते मुक्त घोषणा भएका मुक्त हलियाहरुको तथ्याङक संकलनमै छुट हुन गएपछि धेरै मुक्त हलियाहरु घर, जग्गा विहीन छन् । परिचय पत्र समेत नभएपछि सुदूरपश्चिम तथा कर्णाली प्रदेशका मुक्त हलियाहरुले सरकारी सेवा सुविधाबाट बन्चीत छन्र ।

स्थानीय सरकारले अहिले आफ्नौ कार्यविधि बनाएर छुट मुक्त हलियाको तथ्याङक संकलन गर्न थालेका छन् । बैतडीको सुर्नया गाउँपालिकाले २०७७ सालमै कार्यविधि नगरकार्यपालिकाबाट पास गरेर कार्यान्वयमा ल्याएपछि अनुभवहरु आदान प्रदान गर्न मुक्त हलिया सशक्तिकरण परियोजना (अधिकार) ले भ्रमणको आयोजना गरेको राष्टीय मुक्त हलिया समाज महासंघका केन्द्रीय पुर्व अध्यक्ष राजुराम भुलले बताए ।

सुर्नया गाउँपालिकाले ४ सय ९९ जना मुक्त हलियालाई परिचय पत्र वितरण गरेको गाउँपालिका अध्यक्ष अम्मर बहादुर कुवंरले बताए । गाउँपालिकाले पहिलो बर्ष मुक्त हलियाका लागि ५ लाख बजेट समेत विनीयाजीत गरेको बताए ।

अगामी दिनमा पुस्थापनाका बिषयमा समेत गाउँपालिकाले पहल गर्ने उनले बताए । कार्यविधिमा एकल, महिला तथा लक्षीत समुदायलाई बिशेष प्राधमीकरणमा राखेको अध्यक्ष कुवंरले बताए । युरोपीयन युनियनको आर्थिक सहायतामा परियोजनाले भ्रमणको आयोजना गरेको हो ।

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!