ललित बोहरा/बैतडी: बैतडीको पाटनबजारबाट कैलापाल जादै गरेको जिपबाट प्रहरीले अबैध मदिरा बरामद गरेका छ ।
पाटन बजारदेखि पाटन-७ कैलपाल लैजादै गरेको से १ ज ५२२ नम्बरको जिपमा लुकाइछिपाइ लगिरहेकाे मदिरा बाजापानी नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको अस्थायी प्रहरी पोष्ट बयलाचोराले जनाएको छ ।
बरामद गरेको १३ पेटी लिची नामक मदिरा सम्बन्धी निकायलाई पठाउने प्रक्रिया सुरु भएको प्रहरी वरिष्ठ हवल्दार नहकुल बहादुर सिहले बताए ।
पाटन नगरपालिका वडा नम्बर १ र ७ मदिरा निषेधित क्षेत्र हुन्र । इलाका प्रहरी कार्यालय पाटन अन्र्तगत बयलचोरा प्रहरीले मदिरा नियन्त्रणमा सक्रियता देखिएको छ । जनप्रतिनिधी र जनतालेले साथ दिइरहेका प्रहरीले जनाएको छ ।