बैतडी : बैतडीको पाटनमा सरोकारवाला निकायसंग परियोजना समिक्षा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । अक्सफाम नेपालको सहयोगमा रुडेस बैतडीद्वारा सञ्चालित ग्रीन परियोजना अन्तर्गत पाटनमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो । परियोजनामार्फत सञ्चालीत कार्यक्रमहरुको उपलब्धी समेत गोष्ठीद्धारा सार्वजनीक गरेको छ ।
दुना टपरी उद्योग स्थापना र सञ्चालन, बैतडी स्थानीय रैथाने जातको प्याजको बिउ प्रबद्र्धन र उत्पादनमा सहयोग, ब्यावसायीक मौरीपालनमा सहयोग,माछापालन पोखरी तथा भुरा सहयोग, ब्यावसायीक च्याउखेती प्रबद्र्धन, जलवायुमैत्री कृषि नमुना गाँउ स्थापना, ३५ वटा भकारो सुधार कार्यक्रम सहयोग भारतमा काम गर्न जाने ४५० जना कामदारको दुर्घटना, विमा ५६ वटा पशु विमा गरिएको रुडेस बैतडीका कार्यक्रम संयोजक अशोक चन्दले बताए ।
संस्थाले विभिन्न खालका हिंसा प्रभावीत ३९ जनालाई ocmc मार्फत २ लाख ८० हजार बराबर सामाग्री सहयोग, जिवीकोपार्जन सुधारका लागी अति विपन्न दुई परिवारलाई १० वटा बाख्रा तथा गोठ सहयोग, ५,३४२ जना लाई सामाजीक सुरक्षा सेवामा सहजीकरण गरेको जनाएको छ ।
८०० जना महीलाहरुलाई विभीन्न खालका हिंसा, दुरब्यवहार कानुनी प्रक्रियाका तथा राज्यले प्रदान गर्ने सेवा र सामाजीक सुरक्षा बारे चेतनाको पहुचमा बृद्धि अभिमुखीकर, इलेक्ट्रीक लिफ्टीङ्ग सिचाई योजना निर्माण, प्लास्टीक पोखरी निमार्ण, मर्मत तथा सुधारीएको पानीघट्ट निर्माण गरिएको संयोजक चन्दले बताए ।
महिला सशक्तीकरण, नेतृत्व तथा सिप क्षमता विकास सम्बन्धित तालीम प्रदान पश्चात १४ जना महीला निर्वाचीत जनप्रतीधीमा चयन भएका र विभीन्न क्षेत्रमा निर्णायक तहमा पुगेका, आप्रवासी कामदारका परीवारलाई जिविकोपार्जनका लागी तरकारी खेती तथा विभिन्न साना उद्योग स्थापनामा सहयोग, सहकारीको व्यवसाय विस्तार तथा महीला सहभागीता बृद्धि र कृषकको सम्वन्ध विस्तारकालागी सामाग्री सहयोग गरेको जनाएको छ । कार्यक्रममा उपस्थीत महिला डम्बरी भट्टले आफ्नो नयाँ जिवन सुरुवातका लागी रुडेसले सहयोग गरेको बताइन् ।
उनले श्रीमान वेपता भएकाले बिला व्यपार गर्ने आफुलाई आवश्यक पर्ने समाग्री जुटाई दिएको भट्टले बताइन् । कार्यक्रममा बोल्दै नगरप्रमुख गौरीसिह रावलले स्थानीइ सरकारको कार्यमा रुडेसले समन्वय तथा सहकार्य गरिरहेका बताए । कृषि तथा महिला शक्तीकरण, नेतृत्व तथा सिप क्षमता विकास लगायतका बिषयमा सहकार्य गरेकाेमा बताए ।