बैतडी : लैंगिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्वनका लागि तीन पुस्ता र जनप्रतिनिधी एकै ठाउँमा राखेर बहसको थालिएको छ ।
छोरा, बुवा, बाजे र वडा अध्यक्ष र सदस्य तथा अन्य जनप्रतिनिधी एकै ठाउँ राखेर बैतडीको पाटन नगरपालिका भित्रका १० वटै वडामा अन्तक्रिया भइरहेको छ । बुधबार एक कार्यक्रमबिच अन्तक्रियाको सुरुवात पाटन नगरपालिका वडा नम्बर ३ बाट गरिएको आयोजक नगर युवा सञ्जाल पाटनका अध्यक्ष संजय भण्डारीले बताए ।
लैंगिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्वनका लागि जनप्रतिनिधि , समाजसेवी र युवासंग अन्तरक्रिया कार्यक्रम वडा नम्बर ३ का निर्वाचित जनप्रतिनिधिहरु विद्यालय व्यवस्थापन समिति अध्यक्ष, महिला संजालका अध्यक्ष एवं प्रतिनिधिहरु, स्वयंसेविका , वडा भित्रका अगुवा एवं समाजसेवी व्यक्तित्व, विभिन्न राजनीतिक दलका राजनीतिकर्मिहरु, युवा संजाल , युवा क्लब , बाल क्लबका पदाधिकारी एवं सदस्यहरुसंग बृहत छलफल भएको छ ।
युवालयको सहयोगमा नगर युवा संजालले पाटन नगरपालिका भित्रका १० वडामा लैंगिक समानता र सामाजिक समावेशीकरणका बिषयमा तीन पुस्ता राखेर बहस गरिएको छ । महिलाको सहभागीतामा बृद्धी गर्ने कार्यक्रमले महत्पुर्ण भुमीका खेलेको वडा अध्यक्ष करूणाकर भट्टले बताए ।
लैंगिक हिसां न्युनिकरण गर्ने मदिरा बन्द हुने पर्ने कार्यक्रमका विशिष्ठ अथिती जिल्ला समन्वय समिति सदस्य प्रेम भाटको धारणा थियो । उनले सबै जनता मिलेर मदिरा निषेधित घोषणा गर्नेमा लाग्नु पर्ने बताए । युवाहरुमा सकारात्मक बिचारको विकास गर्ने स्थानीय तहले युवा लक्षीत बजेटबाट तालिमहरु समेत आयोजना गर्नु पर्नेमा जोड दिए ।