केदार मावि पिपलकोट प्राबिधिक धार संचालनका लागी होली खेल्दै

बैतडी:  श्री केदार मावि पिपलकोट बैतडीले संदेशमुलक होली खेलीरहेको छ । समाजमा धर्म,संस्कृतिको जगेर्ना तथा आध्यात्मिक चेतनाको विकास गर्नुका साथै यस बिद्यालयको समग्र विकाससहित प्राबिधिक धार संचालन गर्नुका लागि होली कायक्रम सुरु गरेको आर्थिक संकलन संयोजक शिक्षक नरेन्द्र प्रसाद भट्टले बताए ।

चैत्र ०७ गते बेलुकी ५ बजेबाट दोगडाकेदार गाउँपालिका-४ बसाली,लेक र दिउना टोलका ३४ घरपरिवारमा बिद्यालयको तर्फबाट संदेशमुलक होली खेलेर ६२ हजार संकलन गरेको उनले बताए ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।

us dintal patan
Leave A Reply

Your email address will not be published.