डडेल्धुराका दुईसहित तीन जना खैरो हेरोईनसहित पक्राउ

डडेल्धुरा : डडेल्धुराका दुई युवकसहित तीन जना कैलालीको धनगढीबाट लागूऔषधसहित पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट ६० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित डडेल्धुराको आलिताल गाउँपालिका-१ बस्ने २२ वर्षीय बिक्रम बोहरासहित दुई जनालाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित दुबै जनालाई पक्राउ गरेको हो।

यसैगरी धनगढी उपमहानगरपालिका-१ त्रिवेणी चोकबाट ५२ ग्राम लागूऔषध (गाँजा)सहित सोही ठाउँ बस्ने ३५ वर्षीय विशाल श्रेष्ठलाई पनि बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई अस्थाई प्रहरी पोष्ट शान्तीनगरबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट गाँजा फेला पारी पक्राउ गरेको जनाएको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!