बैतडी घटना : गम्भीर घाइते कर्मचारीलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज लगियो

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिका-७ का एक स्थानीयले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका डिलाशैनी गाउँपालिकाका दुईजना कर्मचारीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको छ ।
डिलाशैनी गाउँपालिका-७ का अन्दाजी ६२ बर्षीय कृष्ण धामीले कोेदालोले हिर्काउँदा गम्भीर घाइते भएका पालिकामा कार्यरत कर्मचारी सुबास कलौनी र कार्यालय सहयोगी देवराज भट्टलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत कोहलपुर मेडिकल कलेज नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

घटनास्थलमा खटिएका प्रहरी निरीक्षक केसीका अनुसार बिहीवार बिहान ७ बजेतिर धामीले कोदालो प्रहार गरी आफ्नै श्रीमती ५६ बर्षीया पार्वती धामीको हत्या गरेका थिए । कोदालोको बिँडले हिर्काएर श्रीमतीको हत्यापछि धामीकै घरमा डेरा गरेर बसेका पालिकाका कर्मचारीमाथि पनि उनले आक्रमण गरेका थिए ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.