ललित बोहरा, बैतडी : आज ५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी बैतडीको पाटन नगरपालिकाले मनाएको छ । । जातीय विभेदको वर्तमान अवस्था र सरोकारवालाहरुको भुमीका बिषय अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेर पाटन नगरपालिकाले ५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाएको जनाएको छ ।
यो दिवस सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ । नेपालमा दलित तथा पछाडि पारिएका समुदायले यो दिवस मनाउँदै आएका छन् । जातीय विभेद उन्मूलन दिवस मनाउन थालेको दुई दशक पुग्दा विभेद उन्मूलनका लागि प्रभावकारी काम हुन नसकेको कार्यक्रममा सहभागीको गुनासो छ ।
दलित समुदायका व्यक्तिमाथि अझै पनि कुनै न कुनै रुपको विभेद भइरहेको अधिकारकर्मी रमेश कोलीले बताए।। जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि जातीय भेदभाव तथा छुवाछुतका घटना भइरहेको सहभागीले भनाई थियो ।
नगर उपप्रमुख कमल सिह बोहरा (अपी)को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगरप्रमुख गौरीसिह रावल प्रमुख अतिथी तथा प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बुढा र राजनितीक दलहरुको सहभागीता रहेको थियो ।
वि.सं.२०६२र६३ सालको जनआन्दोलनपछि पुनःस्थापित संसदले २०६३ साल जेष्ठ २१ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । तर अहिले पनि छुवाछुतका घटना हुने तर प्रहरीसम्म कमै मात्रमा आउने गरेका छन् ।
अहिले जातीय छुवाछुत तथा भेदभाव कसूर र सजाय ऐन २०६८ पनि लागू भएको छ । नेपालको संविधान, २०७२ को धारा २४ मा छुवाछुत तथा भेदभाव विरूद्धको हकलाई मौलिक हकका रूपमा राखिएको छ । जातीय भेदभाव र छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवर्द्धन सम्बन्धी कायविधि, २०७३ पनि लागू भएको छ । तर यति धेरै कानुन बने पनि त्यसको कार्यान्वयन भने हुनै नसकेको अधिकारकर्मीहरुले बताएका छन् ।