बैतडी: नेकपा एमाले दशरथचन्द नगर कमिटी अध्यक्षमा मनोज बोहरा सर्वसम्मत चयन भएका छन् । बिहीवार एमाले बैतडीको पार्टी कार्यालय गढीमा सम्पन्न नगरको दोस्रो अधिवेशनबाट बोहरा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
नेकपा एमाले दशरथचन्द नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा मनोज कुमार बोहरा, उपाध्यक्षमा भूपेन्द्र चन्द, सचिवमा नन्द राज बोगटी उपसचिवमा भवानी दत्त जोशी ,अञ्जु टमाटा सर्वसम्मत चयन भएका बताइएको छ । अध्यक्षमा चयन भएका बोहरा नगर सकमिटी सचिव हुन्र ।