सुर्नयागाड सिँचाइ योजनाको मर्मत गरिदै

बैतडी: बैतडीको सुर्नयागाड सिँचाइ योजनाको मर्मत गरिने भएको छ । पाटन नगरपालिका ३ गुजरदेखि पाटनसम्मको सिँचाइ नहरको मर्मत गरिने भएको हो ।
जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय पाटनले २० लाख बजेटमा यो बर्ष नहर मर्मत गर्न लागेको सूचना अधिकारी राजेन्द्र नाथले बताए ।

चालु आर्थिक बर्षमा सिँचाइ नहर मर्मतका लागि २० लाख आएको र क्रमागत रुपमा आगामी आर्थिक बर्षमा समेत बजेट आउने उनले बताए ।

सोही नहरमार्फत सिँचाइका साथै सुर्नयागाड जलविद्युत आयोजना समेत सञ्चालन भइरहेको छ ।

सिँचाइ नहर मर्मतको कामलाई अगाडि बढाउन जल उपभोक्ता समिति गठन गरिएको छ । बिहीबार पाटनमा बसेको उपभोक्ताहरुको भेलाले रामसिंह भण्डारीको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिति गठन गरेको छ । उक्त समितिको सचिवमा पवन भण्डारी, कोषाध्यक्षमा माया अवस्थी लगायत अन्य सदस्यहरु रहेका छन् ।

सिँचाइ योजना मर्मतका लागि जल उपभोक्ता समिति गठन भएपछि अब प्राविधिकहरुले फिल्डमा गएर काम गर्नेछ । सुर्नयागाड सिँचाइ योजनाको नहर मर्मतको काम शुरु हुने भएपछि स्थानीयबासिन्दा समेत खुसी भएका छन् । पाटन क्षेत्रमा सिँचाइ गर्ने मुख्य नहरको मर्मत हुने भएपछि स्थानीयबासिन्दा खुसी भएका हुन् । यस अगाडी नगरपालिकाले वडामार्फत सरसफाईत तथा स्थानीयले एकजुट भएर मर्मत गर्ने गरेको स्थानीय हरिष बिष्टले बताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.