पाटन एयरपोर्टमा मोटरसाईकल सररर…

ललित बाेहरा/बैतडी : बैतडीको पाटन विमानस्थलमा मोटरसाईकल चलाउन थालिएको छ । लामो समयबाट बिमान आउन छोडेपछि  एक युवाले शान्त बिमानस्थलमा  मोटरसाईकल गुडाएका हुन् । पाटनमा रहेकाे एक लघुवित्त संस्थाका शाखा प्रमुखलाई प्रहरीले नियन्त्रण लिएर छोडेको छ । उनलाई सम्झाई-बुझाई गरेर अबदेखी नगर्ने र अरुलाई नगर्ने दिने सर्तमा छोडेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । उनकाे नाम सार्वजनीक गरिएको छैन् ।

इन्फो समाचारलाई प्राप्त भिडियोमा बिना हेल्मेट बिच एयरपोर्टमा बाईक कुदाई रहेको देखिएको छ । उनले एक व्ययापारीलाई सिकाइ रहको बुझीएको छ।

एयरपोर्ट अलपत्र परेपछि संरक्षणको अभावमा जिर्ण हुन थालेको छ भने तारजालीका १० स्थानबाट बाटो बनाएका छन् ।

Leave A Reply

Your email address will not be published.