बैतडी :
लैंङ्गिक हिंसा प्रभावीत राहत कोषमा सहयोगको लागि जनप्रतिनिधी र कर्मचारी मिलेर होली खेलिरहेका छन् । बैतडीकाे पाटन नगरपालिकाका प्रमुख गौरी सिह रावलको नेतृत्वमा पाटन नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी मिलेर होली खेलिरहेका छन् ।
होली खेलेर जम्मा भएको रकम लैंङ्गिक हिंसा प्रभावीत राहात कोषमा जम्मा गरिने पाटन नगरपालिकाका उपप्रमुख कमल सिह बोहराले बताए । हिसाँमा परेका महिलाहरुलाई सहयोग गर्न पाटनमा महिला सुरक्षित अवास संचालनमा रहेको छ ।
महिला सुरक्षित अवास संचालन गर्नको लागि लैंङ्गिक हिंसा पिडीत राहात कोष बनाईको छ । होलीमा महिला हिंसा न्युनीकरण सम्वन्धि हाेली बनाएर होलीकै लयमा गाएर खेलिएको थियो ।
यस्ले एकातिर हिंसा न्युनीकरण सम्बन्धी जनचेतना जगाउनुका साथै लैङ्गिक हिंसा निवारण कोष पनि सहयोग पुग्ने लक्ष नगरपालिकाले लिएको छ । पाटनले जिल्लाभरका हिंसा प्रभावीत महिला सुरक्षित अवासमा राख्ने व्यवस्था गरेकाे छ ।