बैतडीकाे किम्तोलीमा आगलागीबाट एक वृद्धा घाइते

बैतडी :

बैतडीमा आगलागीबाट एक वृद्धा घाइते भएकी छन् । जिल्लाको पाटन नगरपालिका –७ किम्तोलीकी ७८ बर्षीया लक्ष्मीदेवी विक जलेर घाइते भएकी हुन् ।

घर नजिकैको खरफागलामा आँफैले स्याउला जलाउने क्रममा भएको आगलागीबाट विक घाइते भएकी हुन् । शुक्रबार साँझको समयमा स्याउला जलाउने क्रममा भएको आगलागीले विकको शरीरको पछाडीको भाग जलेको छ ।

घाइते विकको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । घाइते विकको अवस्था मध्यम रहेको छ ।

Leave A Reply

Your email address will not be published.