डोटीको शिखरमा माटोको ढिस्कोले पुरिएर एकको मृत्युु, ३ जनाको उद्दार

डोटी: डोटीको शिखर नगरपालिकामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्युु भएको छ भने च्यापिएका ३ जनाको उद्दार गरिएको छ ।

शिखर नगरपालिका-९ मा माटाको ढिस्काेले च्यापियर मृत्युु हुनेमा निर्मला राेस्यारा रहेकाे शिखर नगरपालिका प्रमुख दीर्घ बलायरले सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

उनको घटना स्थलमै मृत्यू भएकाे जनाइएको छ । नगर प्रमुख बलायरले आफ्नो फेसबुकबाटै घटना प्रति शिखर नगरपालिकाको तर्फबाट दु:ख व्यक्त गर्दै मृत आत्माकाे चिर शान्तिकाे कामना र परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उद्दार गरिएको महिलाहरूको नाम भने उल्लेख गरेका छैनन् भने उनीहरुको सकुशल उद्दार गरिएको पोस्टमा उल्लेख छ ।

घटना शनिबार दिउँसो करिब साढे तीन बजेतिर भएको र मृतकको शव अहिले निकाल्ने काम भैरहेको शिखर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जगन्नाथ भट्टले जानकारी दिए ।

सो वडाको सुण्ण भन्ने गाउँको जङ्गलमा घर पोत्ने माटो लिन गएको बेला घटना भएको बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.