क्षयरोगको संक्रमणका कारण मृत्युदर बढदै

डडेल्धुरा : आज देशभर विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । सुदूरपश्चिमसहित डडेल्धुरामा क्षयरोगको संक्रमणका कारण मृत्यु हुने दर बढदै गएको तथ्याङकले देखिएको छ । डडेल्धुरामा ५ बर्षमा २५ जनाको मृत्यु भएको छ।
विश्व क्षयरोग दिवस २०८० को अवसरमा आइतबार जिल्ला सदरमुकाम आयोजित सञ्चारकर्मीसँगको अन्तिरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय डडेल्धुराले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो।

आर्थिक वर्ष २०७६र७७ मा ३ जना, आव ०७७र७८ मा ६, आव ०७८र७९ मा ३, आव ०७९र८० मा ७ र चालु आर्थिक वर्ष ०८०र८१ को फागुनसम्म ६ जना संक्रमतिकोको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्याङ्कमा उल्लेख छ।

चालु आर्थिक वर्षमा नवदुर्गा गाउँपालिकाका ४ र भागेश्वर गाउँपालिकाका २ जना क्षयरोग संक्रमतिको मृत्यु भएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिए।

‘ढिलो चेकजाँचमा आएकाहरूको मृत्यु हुने गरेको छ। धेरै संक्रमति उपचारको दायरामा नै आउँदैनन्,’ उनले भने, ‘सम्पर्कमा आएका पनि नियमित औषधि सेवन गर्दैनन्। संक्रमणको पत्ता नलाग्नेको संख्या पनि उत्तिकै मात्रामा छ।’ क्षयरोगको उपचारका लागि डडेल्धुरा अस्पतालमा ‘डिआर’ केन्द्र रहेको भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले बताए।

चालु आर्थिक वर्षको फागुनसम्म डडेल्धुरामा ८९ जनामा क्षयरोग संक्रमण देखिएको छ। जसमध्ये अमरगढी नगरपालिकामा २१, परशुराम नगरपालिकामा १९, नवदुर्गा र भागेश्वर गाउँपालिकामा ११र११ तथा आलिताल, अजयमेरु र गन्यापधुरा गाउँपालिमा ९र९ जना संक्रमित भेटिएका छन्। यस वर्ष डडेल्धुरामा संक्रमितको पत्ता लगाउनुपर्ने संख्या ३ सय २४ थियो।

स्वास्थ्य कार्यालय डडेल्धुराका निमित्त प्रमुख भवानीसिंह कुँवरले क्षयरोगबारेमा सबैले जनचेनता फैलानमा जोड दिनुपर्ने बताए। ‘खोकी लागेमा समयमै चेकजाँच गरेर क्षयरोग पत्ता लगाउन सकिन्छ,’ उनले भने, ‘रोग पत्ता लागेपछि त्यसको उपचार पनि हुन्छ। क्षयरोग लाग्दैमा डराउन पर्दैन। नियमित औषधि सेवनले बिरामी निको हुन्छ।’

 

‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ नारासहित नेपालमा पनि आइतबार विश्व क्षयरोग दिवस मनाइँदैछ। हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाइन्छ । क्षयरोग एक सरुवा रोग हो। जुन माइक्रोव्याक्टेरियम ट्युवरकुलोसिसले सुक्ष्म कीटाणुबाट लाग्दछ। यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ।

नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण हुन्। हुन त क्षयरोगमा देखिने प्रारम्भिक लक्षण अन्य रोगमा पनि देखिन्छन्। तर दुई हप्ताभन्दा बढी लगातार खोकी लागिरहेमा भने खकार जाँच गरेर क्षयरोग हो कि होइन भन्ने थाहा पाउन सकिन्छ।

क्षयरोगको निदान औषधिबाटै हुन्छ। यसमा बिरामीले लामो समयसम्म औषधि खानुपर्ने हुन्छ। यसको औषधि देशभरका स्वास्थ्य केन्द्रमा निःशुल्क पाइन्छ। औषधि खाँदा खानेकुरा बार्नुपर्दैन। एकजना क्षयरोगीले वर्ष दिनमा १५ जनालाई सार्ने गर्दछ। सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण गर्ने र २०५० सम्म निवारण गर्ने लक्ष्य नेपाल सरकारले लिएको छ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.