यही १६ गते बैतडीको पाटनमा लोक नृत्य कला प्रतियोगिता हुने

बैतडी : यही चैत्र १६ गते बैतडीमा लोक नृत्य कला प्रतियोगिता हुने भएको छ । ‘हाम्रो लोक कला संस्कृति जगेना र विकास गर्ने उद्देश्यका साथै लैंगिक समानता र सामाजिक सामावेशीकरण’ प्रबंधनका लागी प्रतियोगिता हुन् लागेको आयोजनाले जनाएको छ ।

पाटन नगरपालिका वडा न. ४ को वडा स्तरीय युवा क्लवको आयोजनामा र युवालयको आर्थिक सहयोगमा नगर लोक नृत्य कला प्रतियोगिता हुने अध्यक्ष अमर प्रशाद भट्टले बताए ।

प्रतियोगीतामा प्रथम, द्वितिय, तृतियसहित उत्कृष्ट ५ जनालाई ट्रफीसहित प्रदान गरिने आयोजना पाटन नगरपालिका वडा न. ४ को वडा स्तरीय युवा क्लवले जनाएको छ ।
एक सूचना जारी गर्दै नगर भित्र सम्पूर्ण प्रतिभावान र इच्छुक व्यक्तीहरुले चैत्र १४ गतेसम्म नाम दर्ता गराउन आग्रह गरिएको छ ।

कार्यक्रम पाटन खुल्ला मञ्च गरिने छ भने थप जानकारी लिन चाहेमा ९८६४७५७२७१ फोन गर्ने सकिने जनाएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.