बैतडी : होली कार्यक्रमबाट संकलन भएको अन्न(चामल) लैङ्गिक हिंसा निवारण कोषलाई हस्तान्त्रण गरेको छ । जिल्लाकाे पाटन नगरपालिका-८ स्थित लालिगुराँस महिला समुह खोडपेले लैङ्गिक हिंसा निवारण कोषलाई हस्तान्त्रण गरेकाे हाे ।
लैङ्गिक प्रभावित महिला, गरिब विपन्न, परिवार तथा व्यक्तिहरुलाई सहयोग गर्ने लक्ष्रयका साथ उक्त कोषलाई हस्तान्त्रण गरिएको लालिगुराँस महिला समुहका अध्यक्ष द्रोपती ऐरले जानकारी दिइन् । यसैगरी सोही समुहले मुठीदान कार्यक्रम पनि सञ्चालन गरेको छ ।