खुल्याम मदिरा विक्रि तथा सेवनले लैङ्गिक हिंसा

ललित बोहरा, बैतडी : खुल्याम मदिरा विक्रि वितरण र सेवनले लैङ्गिक हिंसा हुने गरेकाे महिलाहरूकाे भनाइ छ । लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवद्र्धनका लागि जनप्रतिनिधी, समाजसेवी,युवासंग अन्तरक्रिया कार्यक्रममा सहमागीले घरेलु हिंसा लगायतका अपराधहरु मदिराको कारण भएकाे उनीहरूकाे जाेड छ ।

मंगलबार बैतडीको पाटन नगरपालिका-४ मा आयोजित कार्यक्रममा सहभागी महिलाहरुले मदिराले अधिकास घटना घटने गरेकाे बताए ।

महिला हिंसा मात्र हैन समाजमा विखण्डन समेत मदिरा सेवन गर्ने जड्याहरुले ल्याइरहेकोमा जोड दिए ।

‘परिवार, समाज, तहस, नहस गर्ने तथा हिसांको मुल जड रक्सी हो, ‘स्थानीय मेनुका उपाध्यले भनिन्, आमा समुहहरुबाट धेरै प्रयास गरेका थियौँ न रोकियो, नकमी भयो रिसिभी मात्र, जड्याहरु देखेर भाग्नु पर्ने अवस्था समाजमा आएको छ ।


सरकारी नियम प्रक्रिया पुगाएर दर्ता भएको मदिराका पसलहरुले समेत निती, नियम उल्लंघन गरेको स्थानीयले बताए । विद्यालयको नजिकै मदिरा पसल हुनु नहुने कानुनी व्यवस्थाको बेवास्था गर्दै मदिरा विक्रि विवरण भइरहेको बताए । यसलाई रोक्न आमा समुहले वडा कार्यालय ताला लगाएका थिए । वडा कार्यालयल विभिन्न समयमा मदिरा व्यवसायीसंग छलफल तथा आग्रह गरेको वडा अध्यक्ष दिपकसिह बिष्टले बताए ।

‘मैले गर्ने काम केही बाँकी छोडेरको छैन् ।’ उनले भने, ‘जुनसुकै दलको भएपनि कारवाहीका लागि सम्बन्धीत निकायसंग गुहार मागेको हो तर सुरक्षा निकायले सुनेन् । अब म थाके। सबै एक भएर आउनुस सुरक्षा निकायको ध्यान जाने गरी के गर्नुपर्छ म तयार छु ।’

sanke

मदिरा नियमन गर्ने तथा कमस खालको मदिरा विक्रि वितरण प्रशासनको सहयोगमा स्थानीय तहले रोक लगाउन सक्छन् ।

लैंगिक समानता र सामाजिक समावेशीकरण प्रवद्र्धनका लागि जनप्रतिनिधी, समाजसेवी,युवासंग अन्तरक्रिया कार्यक्रममा सहमागीले घरेलु हिंसा, जतीय विभेत, लैंगिक समानता तथा युवा क्षेत्रको बजेटका बिषयमा समेत बृहत छलफल गरेका थिए ।

युवालयको आर्थिक सहयोगमा पाटन नगर स्तरिय युवा सञ्जालले आयोजना गरेको कार्यक्रममा सहभागीलाई सम्मान पत्र र प्रमाण पत्र प्रदान गरिएको संञ्जालका सचिव निराजन पन्तले बताए ।

नगर स्तरिय युवा सञ्जालका अध्यक्ष संजय भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष दिपकसिह बिष्ट रहेका थिए । भने बिद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्याक, शिक्षक, समाजसेवी, अभिवावक तथा युवाहरुको सहभागिता रहेको जनाएको छ ।

युवालयको आर्थिक सहयोगमा पाटन नगर स्तरिय युवा संञ्जालले १० वटै वडाका जनप्रतिनिधी, समाजसेवी,युवासंग अन्तरक्रिया कार्यक्रम गरिरहेको छ । यस अगाडी वडा नम्बर ३ सम्पन्न गरिरहेको आयोजकले जनाएको छ ।

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!