डडेल्धुरामा अवैध आशंकामा काठ बरामद : डिभिजन वन अनुसन्धान गदै

ललित बोहरा/डडेल्धुरा : डडेल्धुरामा अवैध रहेको आशंकामा साल र सल्लाको काठ बरामद गरिएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका-४ गिल्लामा अबैध काठ कटिएको उजुरी परेको डिभिजिन बन डडेल्धुराले जनाएको छ ।

नवदुर्गा गाउँपालिका उपाध्यक्ष निर्मला बोगटी, दिनेश बिष्ट, गणेश बहादुर बिष्टको नाममा अवैध काठ कटानी गरेको आरोपमा डिभिजिन वन कार्यालयमा निवेदन परेको सूचना अधिकारी रणेन्द्र सिंहले बताए ।

डिभिजन वन कार्यालय डडेल्धुराले ४ गोलीया, चिरान काठ १ सय ४४ थान सल्लाकाे, गोलीया १ थान , चिरान १ सय ५५ थान सालकाे काठ बरामद गरेको सूचना अधिकारी सिंहले बताए ।

सामुदायीक वन वा निजी वनमा रहेको काठ काटन् डिभिजन कार्यालयले टाँचा लगाएर अनुमती दिने व्यवस्था भएपनि बिना प्रक्रिया रुख कटान भएको जनाएको छ ।

बन निजी हो वा सामुदायीक त्यसको एकिन हुन नसकेको जनाएको छ । गाउँपालिका उपाध्यक्षले सरकारी डोजर प्रयोग गरि नयाँ सडक काटेर काठ निकासा गर्ने लागेको उजुरी परेको बताइएकाे छ ।

सामुदायीक बनमा पर्ने काठ भए वन नविकरण नरहेको बताइएको छ । सो क्षेत्रमा सडक निमार्णका लागि गाउँपालिकाबाट बजेट विनियोजन नभएको एक जिम्मेवार कार्यपालिका सदस्यले बताए ।

डिभिजन वन कार्यालय डडेल्धुराले गन्यापधुरा सव डिभिजन वन कार्यालयका प्रमुख महेश घतीमगरलाई छानवीन तथा अनुसन्धानका लागि खटाएको जनाएको छ । उनले निजी जग्गाको काठ हो वा सामुदायीक बनको काठ हो भन्ने पत्ता लगाउने डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।

वनको क्षेत्र अमीन लगेर नापी गरिने भएको छ ।

उपाध्यक्ष बोगटीले आफ्नो निजी जग्गाकाे काठ काटेको बताइन् । भुकम्पले भत्केको घर निमार्णका लागि निजी जमिनमा रहेको काठ काटेको उनको भनाई छ । निजी वनको काठ कटान गर्ने पनि सामुदायीक वनको पुर्जी लिएको उनको दाबी छ ।

‘आफ्नो दर्ता जग्गामा भएको काठ काटेको हो, ‘भुकम्पले घर भत्किएको थियो । निमार्ण गर्न काठ काटेको हो। उपाध्यक्ष बोगटीले भनिन्, ‘सामुदायीक वनकाे पुर्जा लिइराखौँ भनेर पुर्जी पनि लिएका छौँ। साथीहरुले सानो कुरालाई ठुलो बनाएर राजनिती गरे जस्तो लाग्यो ।,

सडक काठ निकासाका लागि नभइ जनताको माग अनुसार गाउँपालिकाकाे डोजर लगाएर निमार्ण गरिएको उनले भनाई छ ।

३० बर्षसम्म पालेको दर्ता जग्गामा काठ काटेको स्थानीय गणेश बहादुर बिष्टले बताए । उनका अनुसार घर बनाउन पुर्जी लिएर स्थानीय धर्मा लुहार, मिन भुल, नारद बिष्ट, पदम धामी, दिपक भुल लगायतले काठ काटेका छन । वनले अहिले सबै क्षेत्रकाे अनुसन्धान गदैछ ।

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.