बैतडीमा एक जना किशोर मृत फेला

बैतडी:

sanke

बैतडीमा एक जना किशोर मृत फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिका–१ ज्याडीखोलाका जयभान लुहारका छोरा १६ वर्षिय सुनिल लुहार शनिबार साँझ मृत अवस्थामा फेला परेका वडा अध्यक्ष रामचन्द्र ऐरीले जानकारी दिए ।

उनी घर नजिकैको खरबारीमा मृत फेला परेका बताइएको छ । मृतक लुहारको शव पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.