काठमाडौं:
नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल र उनलाई पार्टी काममा सक्रिय फर्काउन बनाएको वार्ता टोलीबीच आइतबार दुई घण्टा छलफल भएको छ। रावलले पहिलो भेटवार्तामा सामान्य छलफल भएको प्रतिक्रिया दिएका छन्।
उनले नेपाललाइभसँग भने, ‘आज सामान्य कुरा मात्रै भयो। विचार आदान प्रदान गर्ने काम गरियो।’ आगामी संवादबाट परिणाम सकारात्मक निकाल्ने कुरा समेत भएको उनले जानकारी दिए।
पहिलो औपचारिक छलफल सकारात्मक रहेको एमाले वार्ता टोलीका सदस्य समेत रहेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले जानकारी दिए। प्रारम्भिक बसाइमा असहमतिका कुरामा मन माझेर पार्टी काममा सक्रिय हुन रावल राजी भएको जानकारी दिए। उनले भने, ‘विगतका खाटा बसेका घाउ धेरै नकोट्याउने भनेर त्यतातिर सामान्य छलफल भयो। आगामी दिनमा कसरी अघि बढ्ने भन्नेमा धेरै केन्द्रीत भयौं।’
उनीसँग भएको पहिलो औपचारिक छलफल सकारात्मक रहेको वार्ता टोलीका सदस्य समेत रहेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले जानकारी दिए। उनले भने, ‘विगतका खाटा बसेका घाउ धेरै नकोट्याउने भनेर त्यतातिर सामान्य छलफल भयो। आगामी दिनमा कसरी अघि बढ्ने भन्नेमा धेरै केन्द्रित भयौं।’
रावलले त्यसक्रममा पार्टीप्रति आफू सदैव सकारात्मक रहेपनि नेतृत्वका केही कामकारबाही चित्त नबुझेकाले फरक मत राखेको बताएका थिए। पार्टीभित्रका फरक भावना र मत समेट्दै जाँदा एमालेलाई अझ बलियो बनाउन सकिने उनको भनाइ थियो।
जवाफमा वार्ता कमिटी सदस्यहरूले विगतमा दुवै तर्फबाट भएका कमीकमजोरी आ-आफ्नो तर्फबाट महसुस गरेर आगामी दिनमा एकसाथ जानुपर्ने बताए। पार्टीले त्यसको आवश्यकता बोध गरेरै संवादका लागि तीन सदस्यीय समिति बनाएको समेत उल्लेख गरेका थिए।