बैतडी : लैंगिक समानता र सामाजिक समावेशीकरण प्रवद्र्धनका लागि जनप्रतिनिधी, समाजसेवी,युवासंग अन्तरक्रिया सम्पन्न भएको छ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ मा तीन पुस्ते अन्र्तवार्ता सम्पन्न भएको छ ।
घरेलु हिंसा, जातीय विभेत, लैंगिक समानता तथा युवा क्षेत्रको बजेटमा बिषयमा समेत बृहत छलफल गरेर कार्यक्रम सम्पन्न भएको आयोजक संञ्जालका सचिव निराजन पन्तले बताए ।
युवालयको आर्थिक सहयोगमा पाटन नगर स्तरिय युवा सञ्जालले आयोजना गरेको कार्यक्रममा सहभागीलाई सम्मान र प्रमाण पत्र प्रदान गरिएको संञ्जालका सचिव पन्तले बताए ।
लैंगिक हिंसा तथा ज्याला विभेदमा पहिलेको तुलनामा अहिले कम भइसकेको वडा अध्यक्ष राजेन्द्र बिष्टले बताए । लैंगिक समानताका लागि नियमहरू बनेका भएपनि तिनको कार्यान्वयन प्रभावकारी कार्यान्वयमा जोड दिनु पर्ने उनको भनाई छ ।
महिला सशक्तीकरणबारे जति चर्चा भएपनि यथार्थमा भने महिलाका लागि खासै धेरै परिवर्तन नभएको महिलाहरूको गुनासो छ। महिलाहरू शारीरिक रूपमा कमजोर हुने र त्यसैले कम ज्याला दिइने तर्क गलत रहेको उनीहरू बताउँछन्।
नगर स्तरिय युवा सञ्जालका अध्यक्ष संजय भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष राजेन्द्र बिष्ट, विशिष्ठ अतिथी जिल्ला समन्वय समिति सदस्य करन कठायत रहेका थिए ।
युवालयको आर्थिक सहयोगमा पाटन नगर स्तरिय युवा संञ्जालले १० वटै वडाका जनप्रतिनिधी, समाजसेवी,युवासंग अन्तरक्रिया कार्यक्रम गरिरहेको छ । यस अगाडी वडा नम्बर २, ३ र ४ सम्पन्न गरिरहेको आयोजक संञ्चालका अध्यक्ष भण्डारीले जनाएको छ ।
कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्याक, शिक्षक, समाजसेवी, अभिवावक तथा युवाहरुको सहभागिता रहेको जनाएको छ ।
युवालयको आर्थिक सहयोगमा पाटन नगर स्तरिय युवा संञ्जालले १० वटै वडाका जनप्रतिनिधी, समाजसेवी,युवासंग अन्तरक्रिया कार्यक्रम गरिरहेको छ । यस अगाडी वडा नम्बर ३ र ४ सम्पन्न गरिरहेको आयोजकले जनाएको छ ।