पोषण मैत्री स्थानीय तह सम्बन्धी तयारी कार्यशाला सम्पन्न

बैतडी : बैतडीको पाटन नगरपालिकाले पोषण मैत्री स्थानीय तह सम्बन्धी तयारी कार्यशाला बैठक तथा अभिमूखिकरण सम्पन्न गरेको छ ।

नगरपालिकालाई पोषण मैत्री घोषणा कसरी गर्ने सकिन्छ जनप्रतिधी तथा कर्मचारी कसले के गर्नु आवश्यक छ लगायतका बिषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

बहुक्षेत्रीय पोषण आधारभुत तथा यसका विभिन्न आयाम र यस सम्बन्धमा निमार्ण भएका निती तथा कार्यक्रमको बारेमा जानकारी गराईएको छ भने बहुक्षेत्रीय पोषण योजनाको अवधारणा तथा योजना कार्यान्वयनमा बिषयगत क्षेत्रको भुमिका र सुचकहरुको बारेमा बृहत छलफल भएको पोषण सम्र्पक व्यक्ति मनुका उपाध्यायले बताइन् ।

suv

पाटन नगरपालिकाले वडा नम्बर १ लाई पोषण मैत्री वडा घोषणाले निर्णय गरेको छ । तर नगरपालिकाले बजेट विनीयोजन नगरेपछि पोषण मैत्री वडा घोषणाका लागि कार्यक्रमहरु हुन सकेका छैन् ।

वडा कार्यालय बाट पोषण सम्बन्धी कार्यक्रम छुटिएपनि नगरपालिकाले बजेट विनियोजीत नगरेपछि कार्यक्रम अगाडी बढ्न नसकेको
सकार स्वास्थ्य चौकीका इन्चार्ज नरेन्द्र भट्टराईले बताए । सबै सूचकहरु पुगेपछि सकार स्वास्थ्य चौकी पोषणा मैत्री स्वास्थ्य संस्था घोषणा भइसकेको छ । तर अन्य कार्यक्रम अगाडी बढेको छैन् ।

शाखा प्रमुख र कार्यपालिकासंग भएको छलफलमा योजना तर्जुमा गर्ने समयमा पोषणाका बिषय नछुटाउन आग्रह गरिएको छ, भने कृषि, स्वास्थ्य , शिक्षा, सबै क्षेत्र पोषण मैत्री बनाउन बृहत छलफल भएको प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढाले बताए ।

चालु आर्थिक बर्षमा पाटन नगरपालि भित्र वडासहित जम्मा १९ लाख ९४ हजार ९ सय बजेट खर्च हुदैछ । कार्यक्रममा बिषयगत शाखाहरुको भुमीका, जनप्रतिनधीको भुमीका लगायतका बिषयमा प्रशिक्षक हेमन्त शाहीले एक एक बिषयमा छलफल गरेको जनाएका छन् । बजेट अभावले स्थानीय तहलाई पोषण मैत्री बनाउन चुनौती रहेको नगरप्रमुख गौरीसिह रावलले बताए।

 

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.