बैतडी : बैतडीको पाटन नगरपालिका वडा नम्बर ५ ले हजार दिने आमाहरुलाई पोषण र सरसफाइ किट बितरण तथा महिला सामुदायीक स्वयंसेविकालाई सम्मान स्वरुप फिल्टर र स्वीटर बितरण गरेको छ ।
वडा नम्बर ५ ले विनियोजन गरेको बजेटबाट गर्भवती महिला र ६ महिनाभित्रका सुत्केरी आमाहरुको पोषण र सरसफाइसम्बन्धी ब्यवहार परिवर्तन गर्ने तथा महिला सामुदायीक स्वयंसेविकाहरुलाई शुद्ध खानेपानी प्रवर्द्धनका लागि सम्मान स्वरुप फिल्टर र स्वीटर बितरण गरेको वडा अध्यक्ष फुनी बोहराले बताए ।
इतबार एक कार्यक्रमको आयोजना गरेर हजार दिने आमाहरुलाई प्रति आमा एक क्रेट अण्डा, एक केजी घिउ, ४ केजी कोदोको पिठो र सरसफाइका सामग्री वितरण गरिएको उपप्रमुख बोहराले बताए ।
हजार दिने आमाहरुको स्वास्थ्य र पोषणका बिषयमा घरपरिवारलाई समेत सचेत गराउन पालिकाका तर्फबाट कोसेली प्रदान गरिएको उनले बताए । अन्य समयको तुलनामा हजार दिने आमाहरुलाई थप पोषिलो खानेकुराको आवश्यकता पर्ने भएकाले नगरपालिकाले कोसेली प्रदान गरेको हाे ।
बहुक्षेत्रीय पोषण योजनाको लक्ष्य अनुरुप पोषण मैत्री वडा घोषणाका लागि प्रयास थालिएको पाटन नगरपालिका नगर उपप्रमुख कमल सिह बोहराले बताए। उनले भने, हामीले पहिलो पटक गर्ने सिकाउने हो अहिले सकाउनका लागि कहि समाग्री वितरण गरेका छौ, अब देखि तपाईहरु आफैले यही कुराहरुमा ध्यान दिनस ।
पाटन नगरपालिकाको वडा नम्बर १ लाई पोषण मैत्री वडा बनाउनका लागि प्रयासको थालनी भएको पोषण सहजकर्ता मेनका उपाध्यायले बताइन् ।
बहुक्षत्रीय कार्यक्रममा बजेट अभावले गतिविधीहरु ठप्प जस्तै छन् ।